काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीले) बयान लिएको छ ।
सरकारी जग्गा हिनामिना गरेको आशंकामा सीआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । जिल्ला सरकारी वकिल कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सीआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिए।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्