Skip to content

बाँसबारी जग्गा हिनामिना प्रकरणः विनोद चौधरीसँग बयान

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीले) बयान लिएको छ । 

सरकारी जग्गा हिनामिना गरेको आशंकामा सीआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।  जिल्ला सरकारी वकिल कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सीआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिए।  

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिनुभयो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal