Skip to content

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारका नाममा आयो

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको विवादित १० रोपनी जग्गा आफ्नो नाममा कायम गरेको छ ।  भूमि सुधार तथा मालपोत कार्यालयको आज एक निर्णय गर्दै उक्त जग्गा सरकारका  नाममा ल्याएको हो ।

आज भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइयो । कारखानाको उक्त जग्गा सरकारका नाममा ल्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त जग्गा सरकारका नाममा ल्याइएको हो । 

सो जग्गामा विवाद देखिएसँगै अनुसन्धानका लागि व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई प्रहरीले गत माघ १८ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

मातपोत ऐन, २०३४ को दफा २४ को उपदफा (२) बमोजिम कसैले यो दफा प्रारम्भ हुनुअघि वा पछि सरकारी, सार्वजनिकवा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ ।

सोही व्यवस्थाले दिएको अधिकारी प्रयोग गरी च्याम्पियन फूटवेयर लिमिटेडका नाममा रहेको जग्गा सरकारका नाममा ल्याइएको हो ।

२०३७ कात्तिक २० गते काठमाडौं महानगरपालिका वडा नम्बर २२९छ० कित्ता नम्बर ५० को १८ रोपनी ३ आना २ पैसा जग्गा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा कायम भएको थियो ।

पछि २०४४ भदौ ५ मा सो जग्गा कित्ताकाँट भएर कित्ता नम्बर ४२० को ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटडको नाममा र बाँकी जग्गा कित्ता नम्बर ४२१ को ११ रोपनी १३ आना जग्गा बाँसबारी छाला जुत्ता कारखानाको नाममा आएको थियो ।

२०४४ मंसिर १८ गते बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा रहेको जग्गा छोडपत्र भएर कित्ता नम्बर ४२१ कित्ताबाट भएर ४ रोपनी जग्गा पुन च्याम्पियन फुटवेयर लिमिटडको नाममा आएको थियो।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal