Skip to content

मैलुङ खोला जलविद्युतले २.२२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको चैत ७ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । 

सो संस्थाले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस सेयर जारी गर्न लागेको हो ।

संस्थाले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस सेयर जारी गर्न लागेको हो । साथै, कम्पनीको हालको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ ।   

सो कम्पनीले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कम्पनीको बोनस सेयर वितरणबाट हालको जारी तथा चुक्ता पुँजी वृद्धि गरी ३७ करोड ६३ लाख १९ हजार ८२४ रुपैयाँ १७ पैसा पुर्याउने निर्णय समेत सञ्चालक समितिले गरेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal