Skip to content

मानुषी लघुवित्तले बोलायो चैत ३० गते साधारणसभा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार चैत ३० गते होटल उग्रचण्डी बनेपामा  साधारण सभा गर्ने भएको छ । 

लेखापरीक्षक प्रतिवेदनसहितको २०७९र८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणको छलफल गर्ने सभाको प्रस्ताव रहेको छ ।

साथै, सभा प्रयोजनका लागि चैत १९ गते एक दिनका लागि वित्तीय संस्थाको सेयर दाखिल खारेज दर्ता बन्द रहने छ । अघिल्लो दिन चैत १८ गतेसम्म नेप्से कारोबारमा कायम रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal