Skip to content

प्रभु बैंकबाट एकैपटक पाँच संस्थापक बाहिरिँदै

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनी ५ जनाको ३ लाख ४७ हजार १२५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक सेयरधनी रुबिका अग्रवालको नाममा रहेको ८४ हजार ८ सय ८२ कित्ता, बिनोद कुमार अग्रवालको नममा रहेको ४० हजार ५ सय ५७ कित्ता, प्रवीन अग्रवालको १ लाख ७ हजार २ सय २० कित्ता,  स्विकृती क्षेष्ठको नामा रहेको २८ हजार कित्ता र निरंजन लाल क्षेष्ठको नाममा रहेको ८६ हजार ४ सय ३३ कित्ता सेयर गरी करिब साढे  ३ लाख भन्दा बढी सेयर बिक्रीमा ल्याएका छन् ।

सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको  शुक्रबार (चैत ९ गते)  बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल काठमाडौँमा आवेदन दिन सकिनेछ ।

सोसमयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal