Skip to content

हिमाल दोलखा हाइड्रोपावरले चैत २९ गते बोलायो साधारणसभा

काठमाडौं ।  हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले एकैसाथ चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे २ आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । 

उक्त कम्पनीले  लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।  सभामा आर्थिक वर्ष २०७८र०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

उक्त सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal