Skip to content

सन लाइफ क्यापिटलको दुई दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले दुई दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘विश्व वित्तीय सप्ताह २०२४’ ‘ग्लोबल मनि विक’ को अवसरमा चैत ७ र ८ गते कार्यक्रम गरेको हो ।

कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पी इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको थियो । 

बुधबार चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराएको कम्पनीले जनाएको छ।

साथै, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेटलगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे जानकारी दिएको कम्पनीले जनाएको छ । चैत ८ गते बिहीबार मल्पी इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाडौंमा बिबिए ८ औं सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगिता ‘क्वीक क्वीज म्यानिय–ग्लोबल मनि विक–२०२४’ आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सन लाइफ क्यापिटल लिमिटेड धितोपत्रबोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो, जसले मर्चेन्ट बैंकिङ व्यवसाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal