Skip to content

सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

 

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३ सयले घटेको छ भने चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५ सय ५५ रुपैयााँमा कारोबार भएको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal