Skip to content

माछापुच्छ्रे बैंकद्वारा शैलेश्वरी माध्यमिक विद्यालयलाई ८ वटा शौचालय निर्माण गरी हस्तान्तरण

 

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६ बडेहाँ स्थित  शैलेश्वरी माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । 

बिहीबारका दिन एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालय विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । 

 १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षकरकर्मचारी कार्यरत  शैलेश्वरी माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवं शिक्षकहरूले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरूमध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्ने छन् ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । 

माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैंकले विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको जानकारी गराए । उनले भविष्यमा पनि अन्य सामाजिक कार्यमा सहयोग गर्न बैंक सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal