Skip to content

श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालयको अनुगमन, कर्मचारीलाई तीन सिफ्टमा विभाजन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन् । कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिँदै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गरेका थिए ।

हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृती प्रदान गर्ने व्यवस्था छ । 

तर, अब देखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ । त्यस्तै, प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटासमेत तोकिने, बिदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयको तयारी छ ।

त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको विषयमा पनि कर्मचारीसँग सोधपुछ गरे । श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यसअघि नै निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि कार्यालयको २० वटा कम्प्युटर अपटेड गरिएको छ । कर्मचारीलाई तीनवटा सिफ्टमा काम गर्न लगाइएको छ ।

अब दिउँसो १ बजेदेखि मात्रै टोकट वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ । बिहान ९ बजेदेखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर स्लो हुने भएकाले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो । हाल दैनिक एक हजार ५ सयदेखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् ।

त्यस्तै, एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।  यसैबीच, मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन् ।कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिएका थिए ।

त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गरे । श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि कार्यालयको २० वटा कम्प्युटर अपटेड गरिएको छ । कर्मचारीलाई तीनवटा सिफ्टमा काम गर्न लगाइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal