Skip to content

डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

काठमाडौं । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । प्रतियोगिताको प्रायोजकको रूपमा डाबर वाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गरेको कम्पनीको भनाइ छ । 

डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौँ । यो साझेदारीमार्फत हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राखेका छौँ ।’ 

प्रतियोगिताका आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal