Skip to content

अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते

सिमकोट । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा आज भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । 

सु प प ००१ ज ११८३  नम्बरको जिप आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा  पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal