Skip to content

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त–द मेडिसिटी हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भारतको मेदान्त–द मेडिसिटी हस्पिटलमा छुट पाउने भएका छन् ।

सिटिजन्स बैंक र भारत गुँडगाँवस्थित मेदान्त–द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो ।

गुडगाउँ, हरियाणास्थित मेदान्त अस्पतालमा समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका ग्राहकहरुले अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइरहेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्षदेखि निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal