Skip to content

शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक  शुक्रबार साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सो सभाले संस्थापक सेयरधनीबाट ३ जना र सर्वसाधारणबाट १ जना सञ्चालकको निर्वाचन गरेको छ । कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डालाई पनि सभाले पारित गरेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal