Skip to content

सानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुक्रबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

विभिन्न सन्देशमूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर–भद्रकाली–जमल हुँदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । साथै, नेपाल रेड क्रस सोसाइटिसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा ५५ जनाभन्दा बढी सहभागीहरुले रक्तदान गरेका छन् । 

शान्तिनगरस्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरूमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरी मनाइराखिएको छ ।

सो कम्पनी  बिमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बिमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२.६९ अर्ब रहेको छ । देशभरि १७५ साखा सञ्जालमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal