Skip to content

रुकुमपश्चिमको ९५ रोपनीमा लगाइएको अफिम खेती फडानी

nabil
global ime

रुकुमपश्चिम । रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । 

आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको हो । आठबीसकोट–१ स्याला र २ को कालजुरा भन्ने ठाउँमा ६० रोपनीमा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। 

उनका अनुसार सानीभेरी–३ का तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसिकोट–८ घोरखानीमा एक रोपनी र आठबीसकोट–३ दाङ भन्ने स्थानमा पाँच रोपनी गरेर जम्मा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए। 

पाँच दिनको अवधिमा ९५ रोपनी जग्गामा लगाइएको अवैध लागूऔषध अफिमखेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बीचमा अफिमखेती बढी लगाउने गरेको पाइएको छ । अवैध मानिएको अफिमखेती लुकीछिपी लगाउने गरिएको छ । सूचना प्राप्त गरेसम्म जिल्लामा हरेक वर्ष अफिमखेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima