Skip to content
Prabhu

एनआईसी एसिया क्यापिटलले पाल्पामा पुँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

 

कठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा  ग्लोबल मनी विक–२०२४ को अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पुँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम मिति २०८० साल चैत ९ गते सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत  दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरुलगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो । 

अधिकांश मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाडांै उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरका बसोबास गर्ने युवाहरुलाई लक्षित गरी ग्लोबल मनी विक–२०२४ को अवसरमा भन्ने नारासहित सहज र कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रुपमा मुद्रा बजार उपकरणहरु तथा पुँजी बजारमा सुरक्षित रुपमा कसरी कारोबारर गर्न सकिन्छ भन्ने सम्बन्धमा धितोपत्र बोर्डको प्रतिनिधि, एनआईसी एसिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागिहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

साथै उक्त कार्यक्रममा १ सय ८० जनाभन्दा बढी युवा विद्यार्थी, शिक्षकलगायत अन्य लगानीकर्ताहरुको समेत सहभागिता रहेको थियो । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal