Skip to content

रियलमी सि–५५ अब भारी छुटमा, मूल्य कति ?

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मूल्यमा उपलब्ध हुने भएको छ ।  रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपीको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपीको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । 

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । 

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।

रियलमी सि–५५ को ६ जीबी + ६४ जिबि स्टोरेज भेरियन्ट अब मात्र १५ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध छ । पहिला  २१ ह्जार ९ सय ९९ रुपैयाँमा उपलब्ध रहेको ६ जीबी + ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४ सय ९९ रुपैयाँ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal