Skip to content

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

 बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६१ पैसा छ ।

           अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसा कायम छ ।

             जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा कायम छ ।

              त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ रुपैयाँ ६८ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२ रुपैयाँ ६८ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ ११ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६२  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २६ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal