Skip to content

अछाममा ट्याक्टर दुर्घटना: ५ को मृत्यु, ३ जना घाइते

nabil bank

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।  अछामको मेल्लेख गाउँपालिका–७ मा सोमबार बिहान पौने १० बजे ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए। 

सु–प्र–०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।  

‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, तीन जनाको उपचारका लागि अस्पताल पठाइएको छ,’ उनले भने। मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime