Skip to content

गोरखापत्र संस्थानले ९१ जनाका लागि रोजगारी खुलायो, नायब कार्यकारी देखी बजार अधिकृतसम्म

काठमाडौं । गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ। शुक्रबार प्रकाशित सूचनाअनुसार नवौं तहदेखि दोस्रो तहसम्मका पदमा भर्ती प्रक्रिया सुरु गरिएको हो।

सूचनामा उल्लेख भएअनुसार संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूहमा १६ जना समाचारदाता, फोटो तथा कला विधामा २ जना, सामान्य प्रशासनतर्फ १४ जना र लेखा शाखामा १३ जना कर्मचारी मागेको छ। त्यसैगरी बजार अधिकृतसहित अन्य विभिन्न पदमा पनि आवश्यक संख्यामा जनशक्ति माग गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेभित्र आवेदन दिन सक्नेछन्। तोकिएको समयपछि दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको संस्थानले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima