Skip to content

विश्व बैंक उपाध्यक्ष ओ कोनेलले भनिन्ः नेपालको लेखा प्रणाली उत्कृष्ट

 

काठमाडौं ।  विश्व बैंकले नेपालको लेखा प्रणाली धेरै उत्कृष्ट रहेको बताएको छ। विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।

पामेलाले भनिन्, ‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गर्दा नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’ लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो ।

जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजश्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।

नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री पुनले  त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए । विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal