Skip to content

आज सरकारले २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउने

काठमाडौं ।  आज सोमबार सरकारले २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले चार प्रकारको ट्रेजरीमार्फत कुल २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब (नयाँ ट्रेजरी) छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।

२८ दिनेबाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने बैंकले जनाएको छ ।  यसअघि राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal