Skip to content

माछापुच्छ्रे बैंकद्वारा संस्थापक सेयरधनी श्रेष्ठको साढे १० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

उक्त सेयरको खरिद मूल्य भने खुलाइएको छैनन् । बैंकले यसअघि नै विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर बिक्रीमा ल्याएको थियो तर, सो अवधिमा सेयर खरिद नगरेपछि बैंककले सर्वसाधारणहरुको लागि बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिदका लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारमा गई आवेदन दिन सक्नेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal