Skip to content

ललितपुर महानगरपालिका प्रमुख महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । ललितपुरमा विदेशी पर्यटकहरुको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र  न्युयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच छलफल भएको छ । 

अमेरिकाको न्युयोर्कमा भएको भेटमा महानगर प्रमुख महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।  

भेटवार्तामा महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरका रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीव्र बनाइएको बताएका थिए। दुई पक्षीय भेटमा प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए। 

महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेक विमानमा  ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको उनले जानकारी दिए । उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजना अघि बढाएको समेत बताए। 

पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनः निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसारको खाँचो रहेको उनको भनाइ थियो । भेटवार्तामा पर्यटन प्रवर्द्धक श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए। प्रमुख महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal