Skip to content

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अंकले घटाएर क्रमशः ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ ।  अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पु¥याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्यांकनपछि केन्द्रीय बैंकले सोमबार यस्तो  निर्णय गरेको हो ।   

 यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ ।  आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले  अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । 

केन्द्रीय बैंकको बोर्डले न्यून ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ ।  बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन्  २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal