Skip to content

अब डिसहोम फाइबरनेटको नेट एक वर्षका लागि ३०० एबीपीएस ९,९०० मै पाइने

काठमाडौं । डिसहोम फाइबरनेटले ग्राउन्ड ब्रेकिङ ‘क्याच द बिग अफर’ सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले कम मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन् ।

१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र ७ हजार ५ सय २२ मा ग्राहकले १२ महिनाका लागि प्राप्त गर्न सक्छन् ।  त्यस्तै, २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७ हजार ७ सय ८८ रुपैयाँमा उही अवधिका लागि रहेको छ । अझ छिटो गति खोज्नेहरूले मात्र ९ हजार ९ सय १२ मा १२ महिनाकै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्नेछन् ।

डिसहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्दै छ । यस अफरको घोषणा नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो । बजेट–अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिसहोम फाइबरनेटको प्रतिबद्धतालाई संकेत गरेको छ । यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाइबरनेट डिलर दाइ कहाँ जानुपर्नेछ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal