Skip to content

श्री एयरलाइन्सले थप्यो क्यानडामा बनेका ८० सिटका दुई ‘ड्यास ८’ जहाज

काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुइटा जहाज मंगलबार क्यानडाको तत्कालीन ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन–एओके र नाइन एन–एओएल जहाज भित्र्याएको हो । 

कम्पनीले यी जहाजमा जडित इन्जिन अन्य जहाजहरूभन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको श्री एयरले जनाएको छ । सो कम्पनीले क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट निर्मित ‘पीडब्लूआई ५० ए’ भरपर्दो रहेको श्री एयरले जनाएको छ । 

संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैन्डबाट डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, दुबई र भारतको इन्दौर हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । जहाज १० हजार माइलको दुरीमा करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि विमानस्थलमा अवतरण गराइएको कम्पनीले जनाएको छ । 

यसअघि संयुक्त राज्य अमेरिकाको  होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कम ध्वनि अनुभूति दिने श्री एयरलाइन्सले जनाएको छ । उक्त जहाजहरू श्री एयरलाइन्सका पाइलटहरूले नै नेपालमा ल्याएका थिए ।

सन् २०१७ बाट ५० सिट क्षमताको दुइटा सी आर जे २०० तथा ७० सिट क्षमताको दुइटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गरेको थियो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, भैरहवा, विराटनगर,  नेपालगंज, धनगढी विमानस्थलमा र पर्वतीय उडानहरू नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो । 

उक्त कम्पनीले सन् २०१९ देखि दुइटा र सन् २०२२ मा थप दुई गरी चारवटा ८० सिट क्षमताको क्यानडा निर्मित क्यू४०० ड्यास ८ विमानहरूबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरेको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal