Skip to content

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

मौसमविद् राजु प्राधानाङ्गले आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिए । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ । 

काठमाडौं उपत्यकाको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने पारदर्शिता चार किलोमिटर छ । आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड तथा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्छिग्रेडको बीचमा रहनेछ । मौसमविद् प्राधानाङ्गले भने, ‘आज दिउँसोपछि काठमाडौँमा बदली भई हल्का वर्षाको सम्भावना छ ।’

यसैगरी आज राति देशभर आंशिक बदली रहने छ भने कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal