Skip to content

एनआइसी एसिया बैंकले भुक्तानी गर्‍यो बिमाबापतको १ करोड २० लाख रकम

काठमाडौं । एनआइसी एसिया बैंकले १ करोड २० लाख रुपैयाँ बिमा रकम आइजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बिमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ।

बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत असार १८ गतेदेखि फागुन १४ गतेसम्ममा घातक रोगको बिमाबापत ७ जना र दुर्घटनामा परेका ५ जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल १ करोड २० लाख बिमा रकम भुक्तानी गरेको हो। 

बैंकका विभिन्न शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बिमा कम्पनीहरूले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो।

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राममन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्यूरोड पोखरा शाखामा खाता खोलेका विजयकुमार गुरुङलाई दुर्घटना बिमाबापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाईंलाई घातक रोग बिमाबापत जनही १० लाख रुपैयाँ प्रतिव्यक्तिका दरले कुल ७० लाख रुपैयाँ रकम प्रदान गरिएको हो। 

उनीहरूले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्। त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा बापत जनही १० लाख प्रतिव्यक्तिका दरले कुल ५० लाख रूपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो।

उक्त बैंकको बिमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रूपैयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ। 

जसमध्ये घातक रोग बिमाबापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बिमाबापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बिमाबापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजार रुपैयाँभन्दा बढी रकम प्रदान गरिएको छ। 

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ। 

जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बिमा र मेडिकल बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्। 

उक्त ८४ लाख रुपैयाँ बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बिमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपिडी उपचारको लागि ८० हजार रुपैयाँसम्म बिमा लाभ प्राप्त गर्न सक्नेछन्।

बैंकले ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal