Skip to content

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ लाख ८७ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आज मंगलबारदेखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 

उक्त सेयरको  न्यूनतम २१० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal