Skip to content

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले घटेको छ भने  चाँदीको १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सयरुपैयाँमा र तेजाबी सुन भने प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ५ सय ५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदीको १ हजार ५ सय १५ रुपैयाँ कायम थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal