Skip to content

फर्स्ट माइक्रोफानान्स लघुवित्तद्वारा १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफानान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको  १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थाले प्रतिसेयर मूल्य १ सय रुपैयाँ रहेको जनाएको छ । सेयर सर्वसाधारणहरुको लागि खुला गरेको हो । उक्त सेयर खरिद गर्दा न्यूनतम १५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

सेयर खरिद गर्न इच्छुक कम्पनी तथा संघ–संस्था, व्यक्तिहरुले चैत १५ गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल आइपुग्ने गरी आवश्यक कागजातसहित आवेदन पेस गर्न कम्पनीले आह्वान गरेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal