Skip to content

आज कुन विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

 बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४८ रुपैयाँ ३० पैसा र बिक्रीदर १४८ रुपैयाँ ९७ पैसा छ ।

           अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा कायम छ ।

             जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा कायम छ ।

              त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ रुपैयाँ ६८ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १९८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ ११ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal