Skip to content
Prabhu

फोन पे र जीएलएन इन्टरनेसनलबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि सम्झौता

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी मिलेर नेपाल र कोरियाबिचको क्रस(बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा एमओयूमा हस्ताक्षर भएको छ । दुई कम्पनीले नेपाल र कोरियाबिच क्रस–बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गर्ने भएका हुन् । 

फोनपे र  जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सकिने भएको कम्पनीको भनाइ छ।

कोरियाबाट नेपाल आउने  जीएलएन प्रयोगकर्ताहरूले हाना १ क्यु, केबी वालेट, आइएम बैंक, हाना मनी जस्ता बैंकिङ एपमार्फत् फोनपेको १३ लाख स्टोरहरूमा र  जीएलएन  एप रियलटाइम पे क्यआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ। 

‘विश्वभरी क्रस–बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप  जीएलएन र फोनपेसँग यो सहयोगी यात्रामा म उत्साहित छु,’  जीएलएनका प्रमुख कार्यकारी अधिकृत किंगो किमले भने, ‘यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ।’

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘हामी  जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौं। यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नुका साथै नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal