Skip to content

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, १९ सयभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । नबिल बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रम अघि सार्दै आएको नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

उक्त बैंकले मार्च १८ देखि २४ गतेसम्म विश्वभर ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियानअन्तर्गत बैंकले देशका सातै प्रदेशमा १ हजार ९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सो कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ । वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६ सय ७३ भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

त्यस्तै, मधेस प्रदेशका २ सय २० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएका थिए । बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४ सय २५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी र्‍यालीमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३ सय जना बैंकर्स साथै सर्वसाधारणको सहभागिता रहेका थिए ।  लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा करिब २ सय ४० जना विद्यार्थी लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरूबीच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो ।

। अन्तिम नतिजा यसै साता घोषणा गरिने जनाइएको छ ।  कार्यक्रमअन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ ।

नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ । युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal