Skip to content

आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनीग्रामार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ । 

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा ५ सय रुपैयाँ बोनससम्म पाउन सक्नेछन्  ।  

मनीग्रामबाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि १ सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal