Skip to content

पोखरामा सिटिजन लाइफको ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स–२०२४’ सम्पन्न

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिने ‘लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स–२०२४’ कार्यक्रम  पोखरास्थित, रुपाकोट रिसोर्टमा सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको छ । साथै आउँदो समयका लागि आवश्यक व्यापार रणनीतिहरुबारे छलफल भएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ)पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुख गरी ६० जनाको सहभागिता थियो ।

यस्ता कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै नयाँ सोच र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने कम्पनीको अनुभव छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal