Skip to content

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

देव इन्टरनेसन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध ८४ लाख ५५ हजार छ सय पाँच रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । 

यस्तै देव इन्टरनेसन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal