Skip to content

२२ लाख नेपाली विदेशमाः २० देखि २४ वर्षका बढी, जनसंख्याको अनुपातमा अछाम पहिलोमा

काठमाडौं । नेपालमा विदेशमा हुने नेपालीको संख्या कति होला ? धेरैजसोको जवाफ हुन्छ ८० लाख नेपाली विदेशमा छन् । तर,राष्ट्रिय जनगणना २०७८ ले भने नेपालमा २२ लाख नेपाली बाहिर रहेको तथ्यांक बाहिर ल्याएको छ ।

राष्ट्रिय जनगणना अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली बाहिर रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतीजा अनुसार, विदेश जानेमा पुरुष धेरै छन् । १७ लाख ९९ हजार ६७५ जना पुरुष विदेशमा रहेका छन् ।

३ लाख ९० हजार ९१७ जना महिला विदेशमा रहेका छन् ।

राष्ट्रिय जनगणना २०६८ सालमा १९ लाख २१ हजार ४९४ जना नेपाली विदेशमा रहेका थिए । २०६८ सालमा कुल जनसंख्याको ७.३ प्रतिशत जनसंख्या विदेश रहेकोमा २०७८ सालमा ७.५ प्रतिशत पुगेको हो । २०५८ सालको जनगणनामा भने ३.३ प्रतिशत मात्र जनसंख्या विदेशमा रहेको थियो ।

जनगणनाका अनुसार १५ लाख ५५ हजार ९६१ घरपरिवारका सदस्य विदेशमा रहेका छन् ।

उमेर समूहको आधारमा हेर्दा २० देखि २४ वर्ष उमेर समूहका विदेशमा रहेको देखिएको छ । २० देखि २४ वर्ष उमेर समूहका बढी विदेशमा रहेको देखिएको छ । २० देखि २४ वर्ष उमेर समूहका ६ लाख ५५ हजार ७१६ जना विदेशमा रहेका छन् ।

जनगणना अनुसार २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरु २७ लाख रहेको छ ।

जिल्ला अनुसार हेर्दा जिल्लामा भएको जनसंख्याको अनुपातमा हेर्दा अछाम जिल्लाका व्यक्तिहरु सबैभन्दा बढी विदेशमा रहेका देखिएको छ ।

अछाममा २ लाख २८ हजार ८५२ जनसंख्यामा ४४ हजार १६७ जना विदेशमा रहेका छन् । प्रतिशतको आधारमा हेर्दा अछाममा १९.२९ प्रतिशत विदेशमा छन् । दोस्रोमा रहेको बझाङमा १८.०३ प्रतिशत जनसंख्या विदेशमा रहेको देखिएको छ ।

जनसंख्याको अनुपातले डोल्पामा रहेको जनसंख्या कम विदेश रहेको देखिएको छ । डोल्पामा १ प्रतिशत जनसंख्या विदेशमा रहेका छन् ।

यस्तै दोस्रोमा कम विदेश हुने जिल्लामा हुम्ला १.४३ प्रतिशत छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal