Skip to content

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ भने चाँदीको १५ रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal