Skip to content

कृषि विकास बैंकको दाङमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। कृषि विकास बैंकको लुम्बिनी प्रदेश कार्यालयले  ‘ग्लोबल मनी विक २०२४’का अवसरमा दाङको घोराहीस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त दुई विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन मुख्य विषय लिई अध्ययनरत १ सय ९६ जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धमा प्रशिक्षण दिएका थिए । 

सो कार्यक्रममा ग्लोबल मनी विक, बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्त्व, यसले पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिइएको थियो । साथै कार्यक्रममा बैंकले उपलब्ध गराउने कर्जाका प्रकार र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिम, विभिन्न डिजिटल प्रडक्ट र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रदेश कार्यालयका निर्देशक राजेन्द्र रानाभाटका साथै बैंकका विभिन्न शाखा प्रबन्धक, कर्मचारी र विद्यालयका अध्यापक तथा कर्मचारीको उपस्थिति थियो । 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal