Skip to content

विभिन्न निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहचलले विभिन्न निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरुको सिफारिसका आधारमा कार्यालयले एक वर्ष छ महिनादेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

ती कम्पनीलाई कालोसूचीमा राखिएकाले ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने बेहोरा सबैलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal