Skip to content

यूरो र पाउण्डको भाउ बढ्दा अमेरिकी डलरको घट्यो, अन्य विदेशी मुद्राको के छ विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

 

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा छ ।

           अष्ट्रेलियन  डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसा कायम छ ।

             जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा कायम छ ।

              त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ रुपैयाँ ६८ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६६ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०० पैसा र बिक्रीदर १७ रुपैयाँ ०७ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २८ पैसा कायम छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal