Skip to content

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। बिहीबार सुन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ८सय ररुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ५सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो।  आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi