Skip to content

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक ४.७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कुल ६६ लाख १४ हजार चार सय ४५ कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ रुपैयाँ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको  १९ करोड ३७ लाख ६२ हजार आठ सय ६९ रुपैयाँ बराबरको कारोबार भयो ।

त्यस्तै, गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८ रुपैयाँ, शिवम् सिमेन्ट ५ करोड ३९ लाख ३३ हजार छ सय ४९ रुपैयाँ, सोनापुर मिनरल्स ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर  सात करोड तीन लाख २३ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट नौ दशमलव ९६, हिमालयन हाइड्रोपावर आठ दशमलव ७३, सामलिङ पावर कम्पनी आठ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् । 

उन्नति सहकार्य लघुवित्त १०, धौलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड छ दशमलव ८०, जोशी हाइड्रोपावर तीन दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव २८ प्रतिशतले गुमाएका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal