Skip to content

भारतबाट विजुली आयात गर्ने सम्झौता नवीकरण,लोडसेडिङको त्रास हट्यो

काठमाडौं । भारतबाट विजुली आयात गर्ने सम्झौता ३ महिनाको लागि नवीकरण भएको छ । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले ३ महिनाका लागि सम्झौता नवीकरण भएको बताए ।

सम्झौता अनुसार असार दोस्रो सातासम्म भारतबाट नेपालले विजुली आयात गर्न पाउने छ । हरेक वर्षको लागि सम्झौता नवीकरण हुने गरेकोमा यो पटक ३ महिनाको लागि सम्झौता नवीकरण भएको हो । 

नेपालमा सुख्खा समयमा विजुलीको अभाव हुने गरेको छ । यसको लागि भारतबाट विजुली आयात हुने गरेको छ । नेपालले भारतबाट सुख्खा समयमा ६ सय मेगावाट विजुली आयात गर्ने गरेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal