Skip to content

कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा अब निक्षेपको ९० प्रतिशत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकले ग्राहकहरुका लागि एक बम्पर अफर ल्याएको छ । बैंकले मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा लिन सकिने अफर ल्याएको हो ।

मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको कम्पनीले जनाएको छ । यस्तो प्रकारको कर्जा लिनका लागि कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जानकारी दिएको छ ।

निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्ध नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केही क्लिकहरु गरेको आधारमै बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् । बैंकले देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ एकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal