Skip to content

किसान लघुवित्तले ल्यायो दुई जना सेयरधनीको १३ हजार ९ सय संस्थापक सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक दुई जना सेयरधनीको नाममा रहेको १३ हजार ९ सय ९४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो बैंकले सेयरको न्यूनतम मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यलय लम्कीचुहा–४, बलिया, कैलाली वा कर्पोरेट कार्यलय बूढानीलकण्ठ–८, मण्डीखाटारमा आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

तोकिएको समयावधिभित्र सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि लिखित निवेदन प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री खुल्ला गर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal